Like us!
Follow us!
Connect us!
Watch us!

कम्तीमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ -प्रचण्ड

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १२ : ३३ मा प्रकाशित

कम्तीमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ -प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण गम्भीर भएको भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका छन्।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो प्रकरण केवल गृहमन्त्रीसँग मात्र नभई सिङ्गो सरकारसँग सम्बन्धित रहेको उल्लेख गरे। 'यो विषय गृहमन्त्रीसँग मात्र होइन, सरकारसँग पनि रिलेटेड छ,' प्रचण्डले भने, 'कम्तीमा राजीनामा दिनुपर्ने अवस्था गृहमन्त्रीका लागि आउँछ।'

प्रचण्डले नेपाल समाजवादी पार्टी (नेसपा)सँगको पार्टी एकतामा कुनै विवाद नरहेको पनि बताए। उनका अनुसार, नेसपा अध्यक्ष महेन्द्र राय यादव माओवादीको महाधिवेशनका क्रममा पार्टीमा प्रवेश गर्नेछन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै प्रचण्डले उनले बारम्बार आफूविरुद्ध व्यक्तिगत स्तरमा अभिव्यक्ति दिने गरेको बताए। “बाबुरामको काम अहिले माओवादीको विरोध गर्नु मात्र हो,” उनले भने।

एकता प्रक्रियाबाट बाबुरामलाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद त्यागेर बाहिरिएको प्रचण्डको टिप्पणी थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको