Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, कहिले छ बुक क्लोज ?

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १० : १४ मा प्रकाशित

लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, कहिले छ बुक क्लोज ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते बिहान १०:३० बजे लाजिम्पाटस्थित आफ्नै केन्द्रीय कार्यालयमा ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभामा कम्पनीले हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँमा आधारित रही १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांशसमेत समायोजन गरिनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अघि सारिनेछ। यसबाहेक, कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, अघिल्लो आर्थिक वर्षमा गरिएको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।

साधारण सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘ख वर्ग’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ। सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ २१ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको