नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले गणतन्त्र अझै पनि आम जनताको हुन नसकेको टिप्पणी गरेका छन्। गणतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गणतन्त्र पुँजीपति, कालोबजारीया र तस्करहरूको पक्षमा जाँदै गएको दाबी गरे।
'गणतन्त्र काला बजारिया र तस्करहरूको बनिरहेको छ, जनताको होइन,'उनले भने, 'हामीले नयाँ संविधान बनाएर, वामपन्थीहरूलाई विजयी बनाउँदा ठूला परिवर्तनको आशा गरेका थियौं। तर त्यो शक्ति बाँदरको हातमा नरिवलजस्तो बन्यो।'
खनालले व्यक्तिको हातमा सीमित रहेको सार्वभौम सत्ता जनताको हातमा ल्याउनु गणतन्त्रको प्रमुख उपलब्धि भएको बताए। साथै, जनतामाथि अधिकार खोसेर बस्ने राजतन्त्रको अन्त्य ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
उनले भने, 'राजतन्त्र अन्त्य गरेर जनताको शासन ल्यायौं, तर त्यो शासन अझै जनताको पक्षमा सुदृढ हुन सकेको छैन। अबको जिम्मेवारी भनेको यो गणतन्त्रलाई साँच्चै जनताको बनाउनतर्फ लम्कनु हो।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस