स्विट्जरल्याण्डको आल्प्स पहाडमा हिमनदी फुट्दा भयानक पहिरो गएको छ । हिमनदीबाट हिउँ, हिलो र ढुङ्गाको बाढी आयो, जसले लोटसेन्टल उपत्यका नजिकै रहेको ब्लाटेनको अल्पाइन गाउँलाई बगाएको मिडिया रिपोर्टमा उल्लेख अग्रिएको छ । गाउँको लगभग ९० प्रतिशत हिउँमुनि पुरिएर नष्ट भएको बताइएको छ ।
रोयटर्सका अनुसार, यस महिनाको सुरुमा भूगर्भविद्हरूले हिमनदी फुट्ने चेतावनी दिएका थिए । भूगर्भविद्हरूले १५ लाख घनमिटर हिमनदी फुट्न सक्ने बताएका थिए । यसपछि, क्षेत्रबाट ३०० जना मानिस र गाईवस्तुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । एक स्थानीय अधिकारीले पहिरोपछि ६४ वर्षीय एक व्यक्ति बेपत्ता छन् । उनको खोजी गर्न थर्मल क्यामेरा भएका ड्रोनहरू प्रयोग गरिँएको छ ।
अधिकारीहरूले उपत्यका जाने मुख्य सडक बन्द गरेका छन् । ड्रोन फुटेजमा, सम्पूर्ण गाउँ हिलो र भग्नावशेषमा पुरिएको देखिएको छ । त्यही समयमा, लोन्जा नदी पनि भग्नावशेषले भरियो, जसले गर्दा पानीको बहाव रोकियो र बाढीको खतरा बढेको छ ।
क्षेत्रका मेयर माथियास बेलवाल्डले गाउँ हराएको र भग्नावशेष बनेको बताएका छन् । हिमनदी माथिको चट्टानको भाग फुटेको कारणले गर्दा लाखौं घन मिटर भग्नावशेष तलको उपत्यकामा खसेको बताइएको छ ।
स्विट्जरल्याण्डले हालैका वर्षहरूमा मुख्यतया हिमनदी पग्लने, पर्माफ्रोस्ट फुट्ने र आल्प्स क्षेत्रमा भारी वर्षा र धेरै पहिरोका घटनाहरू देखेको छ । द्रुत गतिमा बढ्दो प्रदूषणका कारण हिमनदीहरू पग्लिरहेका छन्। स्विट्जरल्याण्डका ५० प्रतिशतभन्दा बढी हिमनदीहरू पग्लिएका छन् ।
मनसुन वा चरम मौसमी घटनाहरूले माटोलाई खुकुलो बनाउँछ, जसले गर्दा माटोको क्षय हुन्छ । स्विस आल्प्समा साना भूकम्पहरूले पनि पहिरो जान सक्ने समेत बताइएको छ ।
स्विट्जरल्याण्डलाई पृथ्वीको स्वर्ग भनेर चिनिन्छ । यो मध्य युरोपमा अवस्थित एउटा सानो, पहाडी देश हो । यसको उत्तरमा जर्मनी, पूर्वमा अस्ट्रिया र लिक्टेनस्टाइन, दक्षिणमा इटाली र पश्चिममा फ्रान्स छ। यसको क्षेत्रफल लगभग ४१,२८५ वर्ग किलोमिटर छ ।
स्विट्जरल्याण्डको ६० प्रतिशत भूभाग आल्प्सले ओगटेको छ, जसमा मोन्ट ब्ल्याङ्क (४,८१० मिटर) र जङ्गफ्राउ जस्ता प्रसिद्ध पहाडहरू समावेश छन्। देशमा हिमनदी, ताल (जस्तै ताल जेनेभा, ताल लुसर्न), र नदीहरू (जस्तै रोन, राइन) पनि छन्।
हालैका पहिरोहरूको जोखिम कम गर्न, स्विट्जरल्याण्डले हिमनदी र भिरालो क्षेत्रहरूको निगरानी गर्न सेन्सर, ड्रोन र उपग्रहहरू प्रयोग गर्न थालेको छ । साथै, २०५० सम्ममा नेट-शून्य कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस