Like us!
Follow us!
Connect us!
Watch us!

गाजामा विश्व खाद्य कार्यक्रमको राहत सामाग्री लुटियो

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १४ : १५ मा प्रकाशित

गाजामा विश्व खाद्य कार्यक्रमको राहत सामाग्री लुटियो

विश्व खाद्य कार्यक्रमले गाजामा मानिसहरूले राहत सामग्रीले भरिएका ट्रकहरूलाई घेरे र खाद्यान्न सामानहरू लगेको बताएको छ ।

मानवीय सहायता संगठन विश्व खाद्य कार्यक्रमले शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएका ७७ ट्रक पठाएको थियो ।

खाद्य कार्यक्रमलेले भनेको छ- 'सबै ट्रकहरू बाटोमा रोकिएका थिए र धेरैजसो खाना आफ्ना परिवारलाई खुवाउन चाहने भोका मानिसहरूले लगेका थिए ।'

विश्व खाद्य कार्यक्रमका प्रवक्ता अबीर एतेफाले उनीहरूलाई पहिले नै डर थियो कि ट्रकहरू उनीहरूको गोदाममा पुग्न सक्ने छैनन्, त्यसैले यदि बाटोमा भीड भयो भने मानिसहरूलाई राहत सामग्री लैजान दिइने निर्णय गरिएको थियो ।

इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो, जुन उसले मे १९ मा हटाएको थियो । यसको बाबजुद पनि, संयुक्त राष्ट्र संघले अहिलेसम्म पुगेको सहायता मानिसहरूको आवश्यकताको १० प्रतिशत मात्र हो ।

विश्व खाद्य कार्यक्रमले नागरिकहरू कम भएको र लुटेरा गिरोहहरूको लागि कम जोखिम भएको सडक रोजे पनि खाद्यान्न लुटिएको बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको