Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं प्रशासनको नयाँ आदेश : कोटेश्वर, बल्खु र सिफल चौरबाहेक प्रदर्शन निषेध

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, २० : ३० मा प्रकाशित

काठमाडौं प्रशासनको नयाँ आदेश : कोटेश्वर, बल्खु र सिफल चौरबाहेक प्रदर्शन निषेध

 काठमाडौं उपत्यकाभित्र सार्वजनिक स्थानहरूमा अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रमहरू गर्न जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। अबदेखि दुई महिनासम्म यस्ता गतिविधि केवल तीन स्थानमा मात्र गर्न पाइनेछ — कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार यो आदेश जारी गरेको हो।

नयाँ आदेशअनुसार कोटेश्वरस्थित आकाशे पुलदेखि दक्षिणतर्फ बालकुमारी क्षेत्र, बल्खु क्षेत्र, र सिफल चौरलाई मात्र विरोध प्रदर्शनका लागि तोकिएको छ।

प्रशासनले चक्रपथ र त्यस भित्रका सार्वजनिक स्थानमा विरोध कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायातमा अवरोध सिर्जना भएको जनगुनासोहरू आएको भन्दै यो निर्णय लिएको स्पष्ट पारेको छ।

उक्त आदेश आगामी दुई महिनासम्म प्रभावमा रहनेछ र तोकिएका क्षेत्र बाहेक अन्यत्र प्रदर्शन गर्न पाइने छैन। प्रशासनले यसअघि आदेशमा अन्यथा उल्लेख भएपनि अब स्पष्ट रूपमा प्रदर्शन स्थानहरू परिमार्जन गरेको जनाएको छ।

यसअघि भएको त्रुटिलाई संशोधन गरिएको छ

683c679c58f5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको