Like us!
Follow us!
Connect us!
Watch us!

राजावादी प्रदर्शन: कमल थापा सहित सातजना रिहा, एकजना हिरासतमा

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, २१ : ०१ मा प्रकाशित

राजावादी प्रदर्शन: कमल थापा सहित सातजना रिहा, एकजना हिरासतमा

काठमाडौंको माइतीघर मण्डलामा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये सात जनालाई प्रहरीले रिहा गरेको छ भने एक जनालाई अझै हिरासतमा राखिएको छ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन, भीडलाई उत्तेजित गर्ने, अशोभनीय व्यवहार देखाउने र सुरक्षाकर्मीमाथि धक्कामुक्का गर्ने प्रयासको आरोपमा आठ जनालाई नियन्त्रणमा लिइएको थियो।

रिहा गरिएका व्यक्तिहरूमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली र राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना छन्।

यद्यपि, एक जना—डा. राजिब झा—लाई भने अझै हिरासतमा राखिएको छ। झामाथि मादक पदार्थ सेवन गरेर भीडमा अशोभनीय शब्द प्रयोग गरेको आरोप लागेको छ। सुरक्षाकर्मीले उनलाई उक्त आरोपको अनुसन्धानका लागि हिरासतमा राखेको बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको