Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यका बन्द फिर्ता

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ०६ : ४६ मा प्रकाशित

उपत्यका बन्द फिर्ता

राजसंस्था पुनर्स्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले सोमबार (जेठ १९) का लागि घोषणा गरिएको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ।

संयुक्त जनआन्दोलन समितिले आइतबार काठमाडौंमा प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना सबै सदस्यहरू आइतबार साँझसम्म रिहा भइसकेकाले बन्दको आवश्यकता नरहेको ठहर गर्दै कार्यक्रम फिर्ता गरेको जानकारी दिएको हो।

आन्दोलनका संयोजक नवराज सुवेदीद्वारा जारी गरिएको सूचनामा जेठ १८ गते प्रदर्शनका क्रममा पक्राउ परेका सबै व्यक्तिहरू रिहा भएपछि बन्द स्थगित गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उनीहरूलाई आइतबार साँझमै रिहा गरिएको थियो।

संयुक्त जनआन्दोलन समितिका अनुसार आन्दोलन भने विभिन्न चरणमा जारी नै रहनेछ र आगामी दिनमा थप कार्यक्रम सार्वजनिक गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको