नेपालमा आज (सोमबार) सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले वृद्धि भएको हो । यससँगै आज सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ पुगेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रूपैयाँका दरले किनबेच भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९८५ रूपैयाँका दरले किनबेच भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस