राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन् ।
२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए । आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सो कार्यक्रममा सहभागी हुन आन्दोलनकारीहरुलाई अनुरोध समेत गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस