Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरसँग सूर्य थापाको प्रस्ताव - नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १४ : १७ मा प्रकाशित

गभर्नरसँग सूर्य थापाको प्रस्ताव - नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्।

सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्। 

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए।

उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए। 

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने, ‘म राजावादी होइन, गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’ उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए। उनकाअनुसार यसले नोटको महत्व बढाउनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको