Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेलमा वृक्षारोपण, १८ हजार विरुवा रोप्ने लक्ष्य

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ०८ : ४९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेलमा वृक्षारोपण, १८ हजार विरुवा रोप्ने लक्ष्य

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ। बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर १८ हजार विरुवा रोप्ने लक्ष्यसहित देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

टोखा नगरपालिकामा बैंकले विभिन्न विद्यालयहरूमा १,००० वटा फलफूलका विरुवा रोपेको छ। उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा १,५०० वटा बाँसका विरुवा रोपिएको छ। दिक्तेलमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, नेपाली सेना र नेपाल प्रहरीका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता देखिएको थियो।

ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरी वातावरणीय संरक्षणमा टेवा पुर्‍याउने र जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिएको जनाएको छ।

बैंक हालसम्म “ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४” तथा “युरोमनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत नेपालकै उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ।

सातै प्रदेशको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्।

बैंकले देशभित्र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ भने विदेशमा कार्यरत नेपालीहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा समेत सक्रिय रहेको छ। बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू लगायतका दर्जनौं देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको