Like us!
Follow us!
Connect us!
Watch us!

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १० : २७ मा प्रकाशित

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज मंगलबार पनि उकालो लागेको छ । आज सुन तोलामै २ हजार ९०० रूपैयाँले उकालो लागेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि आज तोलामै ५५ रूपैयाँले वृद्धि भएर प्रतितोला २ हजार ४५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रूपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको