Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन - सञ्चारमन्त्री

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १४ : १७ मा प्रकाशित

गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन - सञ्चारमन्त्री

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले गृहमन्त्रीविरुद्ध कुनै ठोस प्रमाण नदेखिएको र छानबिन प्रक्रिया समेत सुरु नभएको अवस्थामा राजीनामाको माग उचित नहुने तर्क गरे।

उनले भने, 'प्रतिपक्षीले उठाएका विषयमा गृहमन्त्रीलाई संसदमा बोल्ने अवसर दिनुपर्छ भन्ने हाम्रो धारणा हो। आग्रह–पूर्वाग्रहका आधारमा राजीनामा माग्नु ठीक होइन। संसद चलाउनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो।'

प्रवक्ता गुरुङले दलहरूबीच निरन्तर संवाद जारी रहेको र छिट्टै संसद अवरोध हट्ने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको