अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा संलग्न ठहर गर्दै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ। अन्य प्रतिवादीहरूको हकमा भने विगो रकम फरक–फरक रहेको छ।उनीहरूमाथि हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न अनुमति दिई सार्वजनिक सम्पत्तिमा हिनामिना तथा राज्यलाई क्षति पुर्याएको आरोप लागेको छ। आयोगका अनुसार उक्त कार्यलाई भ्रष्टाचारको रूपमा लिइएको हो।
मुद्दा दर्ता भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस