Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साधियो,प्रतिवाद गर्छौं : एकीकृत समाजवादी

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १७ : ११ मा प्रकाशित

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साधियो,प्रतिवाद गर्छौं : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोधको आधारमा आक्रमण भएको आरोप लगाएको छ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीले यस्तो प्रतिक्रिया दिएको हो।पार्टीका उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै, उक्त मुद्दा राजनीतिक प्रेरणाले निर्देशित भएको दाबी गरे।

‘मुद्दामा दुई पक्ष छन् — एक राजनीतिक र अर्को कानुनी। अध्यक्षमाथि भएको यो आक्रमण राजनीतिक प्रतिशोध हो, जसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं,’ भुसालले भने। ‘कानुनी पक्षमा भने कानुनअनुसार नै जवाफ दिनेछौं।’

भुसालले भ्रष्टाचार मुद्दा दर्ताको सूचना मिडियामार्फत मात्रै थाहा पाएको उल्लेख गर्दै, औपचारिक सूचना प्राप्त भएपछि दस्तावेज हेरेर विस्तृत प्रतिक्रिया दिने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको