Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली मेरो राजनीति सिध्याउन लागे -माधव नेपाल

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १७ : १८ मा प्रकाशित

केपी ओली मेरो राजनीति सिध्याउन लागे -माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले सुरुदेखि नै आफूविरुद्ध सक्रिय रहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफमा उनले यो प्रतिक्रिया दिएका हुन्।

नेपालले भने, 'सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्ध सुरुदेखि लाग्नुभएको छ। मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत हो। पहिले पनि पटकपटक यस्तो प्रयास गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट प्रेरित मान्छे हुनुहुन्छ।'

यो अभिव्यक्ति पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितताको आरोपमा अख्तियारले नेपालसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि आएको हो।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि तत्कालीन सरकारले हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। पछि मन्त्रिपरिषद्को निर्णयअनुसार सो जग्गा बिक्री गरिएको भेटिएपछि अख्तियारले छानबिन सुरु गरेको थियो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको