सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सरकारको संलग्नता नभएको स्पष्ट पारेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट स्थापित स्वायत्त संस्था भएको र मुद्दा दर्ताको निर्णय आयोगको आफ्नै कार्यक्षेत्रभित्र पर्ने बताए। 'सरकारले अख्तियारलाई हस्तक्षेप गर्दैन, न त गर्न सक्छ,' उनले भने, 'संविधानले उसलाई दिइएको जिम्मेवारीअनुसार आयोगले आफ्नो काम गरिरहेको हो।'
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध दायर मुद्दालाई लिएर उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री गुरुङले प्रतिशोधको आरोप निराधार रहेको बताए। उनले भने, 'कुन फाइल खोल्ने, कसलाई कारबाही गर्ने भन्ने अख्तियारको अधिकार क्षेत्रभित्रको कुरा हो।'
त्यस्तै, प्रतिनिधिसभामा जारी अवरोध चाँडै अन्त्य हुने उनको दाबी छ। चालू अधिवेशनबाटै निजामती सेवा ऐन र शिक्षा ऐन पारित हुने तयारी सरकारको रहेको पनि मन्त्री गुरुङले जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस