पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। चिसोका कारण रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेपालका सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था जटिल भने छैन।माधव नेपाल रौतहट–१ बाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस