Like us!
Follow us!
Connect us!
Watch us!

खोसियो माधव नेपालको सरकारी सुरक्षा

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १२ : १८ मा प्रकाशित

खोसियो माधव नेपालको सरकारी सुरक्षा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हाल सरकारी सुरक्षाविहीन बनेका छन्।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनलाई दिइँदै आएको सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको हो। उनको सचिवालयका अनुसार हिजोदेखि नेपालका सबै सुरक्षाकर्मीहरू फिर्ता गरिएका छन्, जसमा निजी सुरक्षा अधिकृत (पीएसओ) समेत समावेश छन्।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको सुरक्षा व्यवस्था घटाएको थियो । तर, नेपालका हकमा सम्पूर्ण सुरक्षा नै फिर्ता गरिएको छ। आज पार्टीको बैठकमा सहभागी हुन जाँदा नेपाल पूर्ण रूपमा एक्लै थिए — न त सरकारी सुरक्षा साथमा थियो, न त पार्टी कार्यकर्ताको स्कर्टिङ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको