Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, ११ : ०६ मा प्रकाशित

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको