Like us!
Follow us!
Connect us!
Watch us!

‘वर्तमान सत्ताले प्रतिशोध लिन अग्नी सापकोटा र माधव नेपालमाथि अक्रामण गरे’

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १६ : २५ मा प्रकाशित

‘वर्तमान सत्ताले प्रतिशोध लिन अग्नी सापकोटा र माधव नेपालमाथि अक्रामण गरे’

वर्तमान सत्ताले सुशासन र न्यायका लागि भन्दा पनि प्रतिशोध साँध्न प्रतिपक्ष दलका नेताहरुलाई अक्रमण गरिरहेको आरोप वक्ताहरुले लगाएका छन् ।

शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै उनिहरुले माधव नेपाल, अग्नी सापकोटा र रवि लामिछानेलाई बदला भावले सत्ता र शक्तिको दुरुपयोग नर्गनसमेत चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अग्नी सापकोटा र सूर्यमान दोङलगायतमाथि लागेको मुद्धालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को क्षेत्राअधिकारभित्र पर्ने बताए । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको स्मरण गराउँदै गुरुङले भने,'अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि कारवाही गरिपाउँ भनि अदालतमा जानु विस्तृत शान्ति साम्झौता र टिआरसी विरुद्धको विषय भयो ।' संक्षित आदेश वा पूर्ण पाठ नआई अदालतले गरेको निर्णयमा आफूले केही बोल्न नमिल्ने बताउँदै गुरुङले भने,'जनयुद्धकालिन मुद्धाहरु नियमित अदालतले किनारा लगाउन मिल्दैन, आशा छ अदालतले टिआरसीतिर फर्काउने छ ।'

नेपालको स्थायीत्व र शान्तिलाई खल्बल्याउने विदेशी योजना अनुसार पछिल्लो समयमा प्रतिपक्ष दलका मुख्य नेताहरुलाई वर्तमान सत्ताले विभिन्न बाहानामा आक्रमण गरिरहेकोसमेत गुरुङले आरोप लगाएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामीछनेमाथि हदभन्दा बढी कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदला भाव भएको बताउँदै गुरुङले भने,'प्रतिपक्षलाई छानीछानी शत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको छ ।'
आफ्रना मान्छेहरुलाई कानुनी दायरामा नल्याउने र प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा बर्षाउने ओली सरकारको शुशासन नभई कुशासन भएको गुरुङले आरोप लगाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको