Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ - वर्षमान पुन

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १३ : ३४ मा प्रकाशित

सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ - वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले तल्लो वर्गको चासो नबोकेको बताए। उनले बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाए।

पुनका अनुसार, सहकारी र लघुवित्तमा देखिएको समस्या अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ, तर अर्थमन्त्री र सरकारको ध्यान त्यतिर नपुगेको छ। उनले सहरी विकास मन्त्रालयको बजेट धेरै वृद्धि गरिएकोमा पनि आशंका व्यक्त गर्दै भ्रष्टाचारको सम्भावना औंल्याए।

संघीयतासम्बन्धी अधिकार फिर्ता ल्याउने प्रवृत्तिप्रति पनि पुनले चिन्ता व्यक्त गरे। उनले संघ, प्रदेश र स्थानीय तहबीच अविश्वास बढेको उल्लेख गर्दै सबै पक्षबीच विश्वास कायम गर्नुपर्ने जोड दिए।

उनले संघीयतापछि स्थानीय तहहरूले प्रभावकारी काम गरेको पनि बताए र स्थानीय जनताको सहभागिताले विकासमा मद्दत पुगेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको