Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ - प्रचण्ड

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १६ : १६ मा प्रकाशित

ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ  - प्रचण्ड

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको सम्भावित एकताबारे मुख खोलेका छन्।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाटमा उनले केपी ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्ने बताएका छन्। उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि उनले गराए। फागुन २१ को चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउने योजना उनले कार्यकर्तालाई सुनाएका थिए। युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको उनको जिकिर थियो।

दाहालले भने, ‘अहिले मेरो जेन-जी युवाहरूसँग पनि छलफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नु भएको छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको