Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ - मन्त्री गुरुङ

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १४ : १६ मा प्रकाशित

एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ - मन्त्री गुरुङ

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताएका छन्। साथै, उनले पार्टीले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि स्पष्ट पारे।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले एमाले उपमहासचिवको हैसियतले बोल्दै भने, 'एमालेले जनताको माग, मुद्दा बोकेर अहिलेसम्मको यात्रा तय गरेको छ। पार्टीको नीति, सिद्धान्त र झण्डालाई आत्मसात् गर्दै काम गर्ने कार्यकर्ताले एमालेको झोला बोक्नु गौरवको विषय हो।'

उनले थपे, 'आजको बहुदलीय जनवादको आधारमा विकास भएको लोकतन्त्रलाई हामीले ‘किन्प्रिहेन्सिभ डेमोक्रेसी’ भनेर परिभाषित गरेका छौं। त्यो विचार बोकेर अघि बढ्ने कार्यकर्ता नै एमालेको साँचो प्रतिनिधि हो।'

मन्त्री गुरुङले राष्ट्रवाद, कुटनीति, लोकतन्त्र, सुशासन र समाजवादको पक्षमा पार्टीको स्पष्ट दर्शन, नीति र रणनीति रहेको उल्लेख गर्दै भने, 'सुशासन बिना सामाजिक–आर्थिक रुपान्तरण सम्भव छैन, र समाजवादको आधार तयार गर्न सकिँदैन।'

अन्त्यमा, उनले पार्टीको सिद्धान्त, विचारधारा र झण्डालाई साथ दिएर काम गर्नेहरूलाई 'एमालेको झोला बोक्ने' व्यक्ति भन्नुमा गर्व महसुस गर्नुपर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको