Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रालयका कर्मचारीलाई सहजीकरण र परिणाममुखी कार्यमा जोड दिने अर्थमन्त्री पौडेलको निर्देशन

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १५ : ५९ मा प्रकाशित

मन्त्रालयका कर्मचारीलाई सहजीकरण र परिणाममुखी कार्यमा जोड दिने अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालयीय सहकार्य र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा मन्त्री पौडेलले कानूनको दायरा भित्र रहेर मन्त्रालयबीचको समन्वयलाई प्राथमिकतामा राखी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे।

उनले भने, 'अर्थ मन्त्रालयले रोकेको भन्ने सोचबाट अगाडि नबढौं। प्राथमिकताका आधारमा सहजीकरण गरेर काम छिटो सम्पन्न हुने वातावरण तयार गरौं।'

मन्त्री पौडेलले परिणाममुखी अभ्यास आवश्यक रहेको उल्लेख गर्दै, निर्धारित लक्ष्यहरू प्राप्त गर्न अतिरिक्त मेहनतसाथ कार्य सम्पादन गर्न निर्देशन दिए। उनले व्यवहारिक पक्षको मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षका मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका क्रममा आवश्यक परेमा कानून संशोधन गर्नुपर्ने अवस्था आउने सम्भावना औंल्याउँदै उनले सबै सरोकारवालासँग परामर्श गरी त्यसको गृहकार्य गर्नसमेत निर्देशन दिए। साथै, उनले बजेट कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीमा लाग्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको