गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन । ‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने ।
गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस