Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका सूचक सुधारोन्मुख भए पनि चुनौती अझै कायम छ - अर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १४ : १६ मा प्रकाशित

अर्थतन्त्रका सूचक सुधारोन्मुख भए पनि चुनौती अझै कायम छ - अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख भए पनि चुनौतीहरू अझै कायम रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र संरचनागत समस्याहरू र विगतका कमजोरीहरूबाट पूर्णरूपमा मुक्त हुन नसकेको बताए। उनले भने, 'अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहे पनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन।'

साथै, नेपालमै बसोबास गरी सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिहरूको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र त्यसलाई अन्तिम करको रूपमा मानिने व्यवस्था गरिएको कुरा पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको