Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको साढे २ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १२ : ५६ मा प्रकाशित

छिमेक लघुवित्तको साढे २ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

संस्थाको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर आज असार ३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

 यो सेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।  सेयरमा असार १० गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। आवेदन काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको