उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली युवालाई स्वदेशमै भविष्य खोज्ने अभियानलाई तीव्र बनाउने आह्वान गरेका छन्।
काठमाडौंमा आयोजित 'कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू' पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालभित्रै रहेको अपार सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड दिए।
उनले भूगोलका हिसाबले नेपाल सानो भए पनि प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले अत्यन्त समृद्ध राष्ट्र भएको उल्लेख गर्दै, विदेशमा आर्जन गरिएको सीप, ज्ञान र पुँजीलाई स्वदेशमै प्रयोग गरे मात्र समृद्धिको यात्रामा नेपाल अघि बढ्न सक्ने बताए। 'प्रकृतिले दिएको अपार अवसर सदुपयोग गर्ने हो भने हामीले खोजेको समृद्ध नेपाल निर्माण सम्भव छ,' पौडेलले भने।
आजको वैश्विक सन्दर्भमा अध्ययन, रोजगारी वा व्यवसायका सिलसिलामा विदेश जानु स्वाभाविक भएको उल्लेख गर्दै उनले भने, 'विदेशमा सिकिएका ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्न सकिए मात्र त्यसको दीर्घकालीन लाभ मिल्छ।'
कोरियाको विकास यात्रालाई प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले विदेशको अनुभवलाई उत्पादनशील क्षेत्रमार्फत प्रयोग गर्न सके नेपालमा पनि तीव्र आर्थिक प्रगति सम्भव हुने विश्वास व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस