अहिले नेपाली बजारमा सुनको मूल्य २ लाखको नजिक रहेको छ ।
पछिल्लो समय सरकारले १० प्रतिशत भन्सार छुट दिएपछि केही समय घटेको सुन अहिले २ लाख रुपैयाँको नजिक कारोबार भइरहेको छ । नेपाली बजारमा २०८२ सालको वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।
त्यो दिन सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य नेपाली बजारमा सधै महंगो नै हुने गरेको छ । नेपालीहरुको आम्दानीको तुलनामा सुनको मूल्य बढ्ने क्रम तिब्र भएका कारणले सुनको मूल्य जहिले पनि महंगो नै हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनको मूल्य ८ हजार तोलामा हुँदा पनि महंगो नै थियो र अहिले २ लाख पुग्न लाग्दा पनि महंगो नै रहेर नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । नेपालीको आम्दानी भन्दा सुनको मूल्य तिब्र गतिमा बढेकाले जहिले पनि सुन महंगो नै भइरहेको उनको भनाइ छ । सुन महंगो भएर बिक्री नहुने र सस्तो हुँदा बढी बिक्री हुने भन्दा पनि नेपालमा आवश्यकताको आधारमा खरिद हुने गरेको व्यवसायीहरुको भनाइ छ । ‘बिवाह ब्रतबन्धमा नेपालीहरुले सुन जतिसुकै महंगो भए पनि खरिद गर्छन । धेरै वा थोरैको मात्रै कुरा हो,’ उनले भने ।
नेपालमा वार्षिक रुपमा औषत ८ हजार ३०० रुपैयाँले सुनको मूल्य बढेको देखिन्छ । नेपालमा शनिबार बाहेक हरेक दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोक्ने गरेको छ । पछिल्ला २३ वर्षको अवधिमा नेपालमा सुनको मूल्य १ लाख ८८ हजार ६०० रुपैयाँले बढेको छ । कुनै वर्ष बढी र कुनै वर्ष कम मूल्य बढेको भए पनि सुनको मूल्य औषतमा बार्षिक रुपमा ८ हजार २०० रुपैयाँले बढेको देखिन्छ ।
२०५९ सालको वैशाख महिनामा सुनको मूल्य नेपाली बजारमा ९ हजार ३०० रुपैयाँ तोलामा कारोबार भएको थियो । २०२ सालको वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९०० रुपैयाँ तोकिएको थियो । सुनको मूल्य पछिल्लो ७ वर्षको अवधिमा मात्रै १ लाख ३९ हजार १०० रुपैयाँले बढेको छ । २०७५ सालको वैशाख महिनामा नेपाली बजारमा सुनको मूल्य ५ हजार ८०० रुपैयाँ रहेको थियो । यो ७ वर्षको अवधिमा वार्षिक औषत १९ हजार ८७१ रुपैयाँले सुनको मूल्य बढेको छ ।
बिहिबार भने सुनको मूल्य केही घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सुनको मूल्य बढ्नुमा आन्तरिक भन्दा पनि बाह््य कारणले बढी प्रभाव पार्ने गरेको व्यवसायीहरुको भनाइ छ । सुनको मूल्य बढ्ने मात्रै भन्दा पनि घट्ने सम्भावना पनि उत्तिकै रहने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको भनाइ छ । जुन रुपमा सुनको मूल्य बढीरहेको छ त्यसमो बाह्य कारणले नै रहेको उनले बताए । अन्तराष्ट्रिय रुपमा भइरको द्धन्द्धको प्रभावका कारण पछिल्लो समय सुनको मूल्य बढीरहेको व्यवसायीहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस