यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।
कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस