स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो।
अब स्वस्तिक लघुवित्तले आफ्ना चुक्तापुँजीको ४० प्रतिशत बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्नेछ। यसअनुसार, कम्पनीले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण शेयर बिक्रीका लागि ल्याउनेछ।
हाल संस्थामा संस्थापक शेयरधनीहरूको स्वामित्व ६० प्रतिशत रहँदै ३ करोड ४६ लाख ५० हजार रुपैयाँ बराबरको चुक्तापुँजी रहेको छ। आइपीओ बिक्रीपश्चात संस्थाको कुल चुक्तापुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ पुग्नेछ। स्वस्तिक लघुवित्तको आइपीओ निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस