Like us!
Follow us!
Connect us!
Watch us!

साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १२ : ०६ मा प्रकाशित

साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै स्वस्तिक लघुवित्त

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ अब सर्वसाधारणका लागि पनि खुल्ला गर्न लागेको हाे ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।

अब बाँकी आईपीओमध्ये ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र १ हजार १५५ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी बचेको १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन यही साउन ३० गतेदेखि भदौ ३ गतेसम्म दिन सकिनेछ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको