Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे ८ अर्ब राजस्व सङ्कलन

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०७ : ५५ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे ८ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा साढे ८ अर्ब भन्दा बढीको राजस्व संकलन गरेको छ । कार्यालयले ११ महिनाको अवधिमा ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यो लक्ष्य भन्दा बढी हो ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३.३६ प्रतिशत राजस्व संकलन गरेको बताए ।

कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ २ अर्ब ८४ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको १४२.२८ प्रतिशत अर्थात् ४ अर्ब ५ करोड ३८ हजार रुपैयाँ राजस्व राजस्व सङ्कलन गरेको छ । त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ २ अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा २ अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको १०९.९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने २५ करोड १० लाख ८ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २ अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा १ अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा ८ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको