Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्र मानव जीवनको अक्सिजन हो- ऊर्जामन्त्री खड्का

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १३ : २० मा प्रकाशित

ऊर्जा क्षेत्र मानव जीवनको अक्सिजन हो- ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्र मानव जीवनको लागि अक्सिजन सरह रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता रहेको बताएका हुन् । 

ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै मन्त्री खड्काले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको बताए । ‘ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता परेको कुरा यहाँहरूलाई थाहा नै छ । ऊर्जा अब केबल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने कुरामा हाम्रो दुई मत छैन,’ उनले भने । 

आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत र्पुयाउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए । आन्तरिक प्रयोगको लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत उनले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको