Like us!
Follow us!
Connect us!
Watch us!

ईरानको प्रहार : कतर र इराकस्थित अमेरिकी सैनिक अड्डामाथि मिसाइल आक्रमण

अर्थ संसार

मंगलबार, १० असार २०८२, ०५ : ५७ मा प्रकाशित

ईरानको प्रहार : कतर र इराकस्थित अमेरिकी सैनिक अड्डामाथि मिसाइल आक्रमण

अमेरिकाले इरानका तीनवटा आणविक स्थलमा बंकर बस्टर बम आक्रमण गरेपछि इरानले त्यसको प्रत्युत्तरस्वरूप सोमबार कतर र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल वर्षा गरेको छ।
 
ईरानी सुरक्षापरिषद्ले जारी गरेको वक्तव्य अनुसार, 'अमेरिकी आक्रमणको बराबर संख्या' मा मिसाइल प्रयोग गर्दै इरानी सेनाले "Annunciation of Victory" नाम दिइएको आक्रमण सुरु गरेको हो। अल उदीद (Al Udeid) अमेरिकी हवाई अड्डा – जुन कतरमा रहेको सबैभन्दा ठूलो अमेरिकी बेस हो – माथि इरानले ‘विनाशकारी र शक्तिशाली’ मिसाइल प्रहार गरेको ईरानी सैन्य स्रोतहरूले बताएका छन्।


कतरले इरानको यो कदमको कडा निन्दा गर्दै भनेको छ कि आक्रमणमा कुनै जनधनको क्षति नभए पनि आफूले जवाफ दिने अधिकार सुरक्षित राखेको छ। यसैबीच, कतरले सुरक्षा चिन्ताका कारण आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। यस निर्णयसँगै दर्जनौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मोडिएका छन्।

इरानले इराकको पश्चिमी क्षेत्रमा रहेको ऐन अल-असद (Ain al-Assad) बेसलाई समेत निशाना बनाएको छ, जहाँ अमेरिकी सेनाको ठूलो संख्यामा उपस्थिति रहेको छ। इराकी सुरक्षा अधिकारीका अनुसार, मिसाइल हमला निकै संगठित तरिकाले गरिएको थियो।


यसभन्दा अगाडि आइतबार बिहान अमेरिकी वायुसेनाले इरानका नाटान्ज, फोर्दो र इस्फाहानमा रहेका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा शक्तिशाली बंकर बस्टर बम खसालेको थियो। इरानले उक्त आक्रमणलाई ‘ठूलो अपमान’ र ‘युद्धको घोषणा’ मानेर जवाफ दिने चेतावनी दिएको थियो।

ईरानका सर्वोच्च नेता आयातोल्ला खमेनीका सल्लाहकार अली अकबर वेलायतीले अमेरिकी सैन्य अड्डाहरू 'क्षेत्रीय होस् वा अन्यत्र', सबै इरानी आक्रमणको निशानामा पर्ने चेतावनी दिएका छन्। यो अभिव्यक्ति इरानको प्रतिशोध रणनीति अब केवल क्षेत्रमै सीमित नरहने संकेत हो।


यसैबीच, इजरायलले पनि ‘पूर्वनियोजित र इतिहासकै शक्तिशाली प्रहार’ गर्दै तेहरानको एभिन जेल र अन्य सरकारी संरचनाहरूमा आक्रमण गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको