अर्बिट इनर्जी लिमिटेडले आगामी असार २५ गते विशेष साधारण सभा बोलाएको छ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा दिनको ३ बजे गर्ने निर्णय गरेको हो। सभामा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिनेछन्। तीमध्ये, कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ग), घ, ङ र च संशोधन गर्ने, हकप्रद शेयर निष्कासन गर्ने तथा सर्वसाधारण र स्थानियवासीका लागि आईपीओ जारी गर्ने प्रस्ताव प्रमुख छन्।
साथै, यस्ता कार्यहरूका लागि नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन वा कार्यान्वयन गर्न सञ्चालक समिति वा प्रतिनिधिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस