Like us!
Follow us!
Connect us!
Watch us!

ह्याविट्याट पावरले हकप्रद निष्कासन गर्ने,असार २५ गते बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, १० असार २०८२, १३ : ५१ मा प्रकाशित

ह्याविट्याट पावरले हकप्रद निष्कासन गर्ने,असार २५ गते बोलायो साधारणसभा

ह्याविट्याट पावरले असार २५ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले रजिष्ट्रर्ड कार्यालयमा बिहान ९ बजे सभा बोलाएको हो।सभाले पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, हकप्रद सेयर जारी गर्ने र सर्वसाधारण तथा स्थानीय जनताका लागि आइपीओ जारी गर्ने विशेष प्रस्तावहरू पारित गर्नेछ।

त्यसैगरी, नियमनकारी निकायबाट सम्बन्धित विषयमा कुनै पनि प्रकारको निर्देशन आएमा, तिनलाई कार्यान्वयन गर्न सञ्चालक समिति वा सञ्चालक प्रतिनिधिलाई आवश्यक सबै अधिकार प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको