Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ११ असार २०८२, १२ : ०९ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले  संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १५ हजार १३१ कित्ता सेयर संस्थापकसेयरधनी मेगा अटो इन्टरनेशनल ७ हजार ५६५ कित्ता सेयर दिपेन्द्र टण्डनको नाममा रहेको गरेर जम्मा २२ हजार ६९६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

कम्पनीले तोकेको उक्त समयावधिभित्र कम्पनीका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको