श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका संस्थापक, कर्मचारी तथा स्थानीयवासीले पाएको सेयर अब सेयर बजारमा कारोबार गर्न सक्ने भएका छन्।
कम्पनीको सेयरमा लागू गरिएको ‘लक-इन’ अवधि आगामी साउन १७ गतेबाट समाप्त हुँदैछ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेपछि कम्पनी ऐनअनुसार तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीयलाई बाँडिएको सेयर निष्क्रिय अवस्थामा राख्नुपर्ने प्रावधान लागू भएको थियो। सो अवधिभर ती सेयरहरू सेयर बजारमा किनबेच गर्न पाइँदैनथ्यो।
हाल कम्पनीका संस्थापक समूहले होल्ड गरेको करिब ७३ लाख कित्ता सेयर, स्थानीयवासीलाई बाँडिएको १५ लाख ९३ हजार कित्ता सेयर र कर्मचारीलाई छुट्याइएको ७ लाख ९६ हजार ५०० कित्ता सेयर लक-इन अवधिमा थिए। अब यी सबै सेयरहरू साउन १७ गतेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न मिल्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस