Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ०९ : ०३ मा प्रकाशित

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति

नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार १२ गते बैंकलाई ऋणपत्र निष्काशनको स्वीकृति दिएको हो।

अब नबिल बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित दरमा कूल ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। तीमध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) ऋणपत्र निजी प्लेसमेन्टमार्फत बिक्री गरिनेछ भने १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।

यो ऋणपत्र ८ वर्ष अवधिको हुनेछ र यसमा लगानीकर्ताहरूलाई वार्षिक ७ प्रतिशत निश्चित ब्याज प्रदान गरिने बैंकले जानकारी दिएको छ। यस योजनाको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड लाई दिइएको छ।

नबिल बैंकले पूँजीको विविध स्रोतसहित दिगो वित्तीय सुदृढताको लक्ष्यसाथ यो ऋणपत्र निष्काशन गर्न लागेको हो। अब धितोपत्र बोर्डको स्वीकृति पश्चात छिट्टै ऋणपत्र जारी मिति र आवेदन प्रक्रिया सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको