Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीको आइपिओ आवेदन ४ दिनमै टुंग्याउने प्रक्रियामा धितोपत्र बोर्ड

अर्थ संसार

शनिबार, १४ असार २०८२, १० : २१ मा प्रकाशित

वैदेशिक रोजगारीको आइपिओ आवेदन ४ दिनमै टुंग्याउने प्रक्रियामा धितोपत्र बोर्ड

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि हुने प्राथमिक सेयर निष्कासन को आवेदन दिने समय अब १५ दिनबाट घटाएर ४ दिन बनाउने तयारी भइरहेको छ। नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय प्रक्रियालाई अन्तिम रूप दिन लागेको हो।

बोर्डका अनुसार, हालसम्म वैदेशिक रोजगार क्षेत्रका लागि हुने प्राथमिक सेयर निष्कासनमा १५ दिनको समय दिइँदै आएको थियो। तर, पहिलो वा दोश्रो दिनमै कुल सेयरभन्दा धेरै आवेदन आउने क्रम तीव्र बनेपछि, १५ दिन लामो अवधि आवश्यक नरहेको निष्कर्षमा बोर्ड पुगेको हो।

अबदेखि वैदेशिक श्रमिकहरूलाई ४ दिनको अवधिमा मात्र IPO आवेदन दिन भनिनेछ। यद्यपि, यदि तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा समय थपिने व्यवस्था हुनेछ। तर, कति दिन थपिने भन्नेबारे बोर्डले अहिले निर्णय गरिसकेको छैन।

हाल आम सर्वसाधारण लगानीकर्ताहरूका लागि चार दिनको समय दिइएपछि मात्रै बाँकी समय थप गरिने प्रचलन चलिरहेको छ।

पछिल्ला समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने IPO मा मागभन्दा कैयौं गुणा बढी आवेदन आउने प्रवृत्ति देखिएको छ। कम्पनीले बिक्रीमा राखेको सम्पूर्ण सेयर पहिलो वा दोस्रो दिनमै बिक्री हुने अवस्था आउन थालेकाले समय छोट्याउने निर्णय गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको