Like us!
Follow us!
Connect us!
Watch us!

चर्कियो सुनचाँदी व्यवसायीको आन्दोलन, मूल्य नै निर्धारण नगरी बजार ठप्प

अर्थ संसार

आइतबार, १५ असार २०८२, ११ : ३२ मा प्रकाशित

चर्कियो सुनचाँदी व्यवसायीको आन्दोलन, मूल्य नै निर्धारण नगरी बजार ठप्प

सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै आज असार १५ गते सुनचाँदीको दैनिक मूल्य निर्धारण नै नगरी बजार ठप्प पारेका छन्।

सामान्यतः हरेक बिहान करिब १०:३० बजे सार्वजनिक हुने सुन र चाँदीको मूल्य आज प्रकाशित नभएको सुनचाँदी महासंघले जनाएको छ। 

उनीहरू चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा थपिएको करप्रति गहिरो असन्तुष्टि जनाउँदै केही समयदेखि चरणबद्ध आन्दोलनमा छन्।

बजेटमा सुनमा २ प्रतिशत विलासिता कर थपिएको छ भने गहनामा हिरा वा बहुमूल्य पत्थर जडान गर्दा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ। उक्त निर्णयको विरोधमा व्यवसायीहरूले मूल्य निर्धारण प्रक्रिया स्थगित गर्नुका साथै देशभरका सुनचाँदी पसलहरू बन्द गरेर आन्दोलन चर्काएका हुन्।

आजदेखि मूल्य प्रकाशनसमेत रोकिएकोले आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पसलहरू बन्द भएसँगै सुनचाँदी कारोबार पूर्ण रूपमा ठप्प भएको छ। व्यवसायीहरूले सरकारसँग अविलम्ब संवाद गरी कर प्रणाली पुनरावलोकन गर्न माग गर्दै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको