Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको हकप्रदमा आवेदन खुल्यो

अर्थ संसार

सोमबार, १६ असार २०८२, ०९ : ०९ मा प्रकाशित

तेह्रथुम पावरको हकप्रदमा आवेदन खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रदमा आवेदन खुला भएको छ । कम्पनीले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको