Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकको वृद्धि, परिसूचक ३४ अंकले बढ्दा ९ अर्ब माथिको कारोबार

अर्थ संसार

बुधबार, १८ असार २०८२, १५ : ११ मा प्रकाशित

सेयर बजारमा उच्च अंकको वृद्धि, परिसूचक ३४ अंकले बढ्दा ९ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार आज ३४ दशमलव ४२ अंकले बढेर २६९४ दशमलव ८२ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२९ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५२ अंकले बढेर ४६२ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ८९ हजार ४६८ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज ग्रिन डेभलपेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको