Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको लकइन अवधि आज सकिंदै, आइतबारदेखि कारोबार हुने

अर्थ संसार

विहीबार, १९ असार २०८२, १० : २१ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको लकइन अवधि आज सकिंदै, आइतबारदेखि कारोबार हुने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधिमा रहेको सेयरको लकइन अवधि आज सकिने भएको छ । कम्पनीको १ करोड ४५ हजार कित्ता सेयरको पाँच वर्षको लकइन अवधि आज सकिने भएको हो । 

कम्पनीको संस्थापक सेयरधनीहरूको १ करोड ४५ हजार कित्ता सेयर लकइन अवधि सकिएसँगै कारोबारमा आउने भएको हो । कम्पनीले प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले संस्थापक सेयर पाँच वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ । 

कम्पनीले वि.स २०७७ असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो । यसअनुसार आज असार १९ गते बिहीबार लकइन अवधि पूरा हुनेछ । लकइन अवधि सकिएसँगै उक्त सेयर कारोबार गर्न पाइने व्यवस्था भएकाले आइतबारदेखि सो शेयर कारोबारमा आउनेछ । 
 

68660b41f4174.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको