साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज ९ दशमलव १४ अंकले बढेर २७०३ दशमलव ९६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ अंकले बढेर ४६४ दशमलव ४६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज भने ९ अर्ब ६४ करो माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९६ हजार ४१११ पटक खरिद बिक्री हुँदा ९ खर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई वटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस