गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा र लाभांश वितरणका लागि कार्तिक १८ गते बुक क्लोज मिति निर्धारण गरेको छ।
बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति तय गरेको हो। यस अनुसार कार्तिक १७ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
आर्थिक वर्ष २०८०/८१ का लागि बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले कार्तिक २७ गते पोखरामा वार्षिक साधारणसभा आह्वान गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस