Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १६ : ५१ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरिएको छ। सम्झौताअनुसार अब गरिमा विकास बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटि स्क्यान, एक्स–रे लगायतका सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य उपचार सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ। उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका साथै पोखरा ९कास्की०, नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ। बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यी दुबै हस्पिटलबाट सहजै छुट सुविधा लिन सक्नेछन्।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको